• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

पेन्सन लिने कर्मचारीको सुविधा कटौती गर्न नेपाली कांग्रेस असहमत

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०५:१४

भक्तपुर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती नगर्न सरकारसँग आग्रह गरेको छ । मंगलबार (आज) कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘लामो समयसम्म राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा पुर्‍याएका सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले दसैंलगायत चाडबाड खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिँदै आएकोमा हाल सो रकम कटौती गर्ने समाचार प्रत्रि नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ । पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न नेपाली कांग्रेस सहमत छैन ।’

Kamana Sewa

प्रतिकृया