• ४ साउन २०८३, सोमबार
  • ६:५२ बेलुका

रुखको हाँगाले लागेर एक युवकको मृत्यु

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०१:०४

कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराहामा शनिबार साँझ रुखको हाँगाले लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीकै धनगढी उपमहानगरपालिका १०जुगेडाका २९ वर्षीय नर बहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

सिसमको रुख काट्ने क्रममा सोही रुखको हाँगाले लागेर धामी घाइते भएका थिए । घाइते धामीको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

Classic Tech Desktop

घटनाको थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिकृया