देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिका
प्रकाशित मिति
२०७६ असार १२ गते, बिहीबार ०१:२०
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ ।
विद्यालयनजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिए ।

‘बुढापाकामा यस्तो अन्धविश्वास अझै कायम छ, युवा पुस्ताले विरोध गर्दै आएका छन् । तर, पनि शिक्षिकाहरू मान्न तयार छैनन्,’ उनले भने ।बडीमालिका नगरपालिका–८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो ।

स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै छ । शिक्षिका महिनावारी भएको समयमा विद्यार्थीको पढाइमा बाधा हुने गरेको प्रधानाध्यापक प्रकाश अयडी बताउँछन् ।
कहिलेकाहीं आफू तालिम, गोष्ठी, बैठकमा गएका वेला कार्यरत दुवै शिक्षिका महिनावारी हुँदा स्कुल बन्द हुने गरेको अयडीले बताए । यो प्रथा गलत रहेको भन्दै महिनावारी भएका वेला शिक्षिकाहरूलाई विद्यालयले बिदा नदिने निर्णय गरे पनि उनीहरूले नमानेको प्रधानाध्यापक अयडीले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।




प्रतिकृया