• ४ साउन २०८३, सोमबार
  • ७:०६ बेलुका

रौतहटमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिदा २ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०१:३९

 

आज बिहान चन्द्रपुर नगरपालिका–१ मंगलपुर स्थित पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको तीर्थयात्री बोकेका ना६ख९०३० नम्बरको बस रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को१ख२६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

Kamana Sewa

यात्रुहरु जनकपुर मन्दिर दर्शनका लागि हिडेका थिए । दुर्घटना लगत्तै फरार ट्रकचालक सुनसरी दुहवी–८ का रमेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

Classic Tech Desktop

मृत्यु हुनेमा भारत उपरासाही नेयर खण्डाला मन्दिर जगामारा भुवनेश्वर खोडदाहा उडिसाका ५४ वर्षीय चरण विश्वाल र ५३ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेको चन्द्रपुर र एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

प्रतिकृया