डिउटीमा खटिएका प्रहरीमाथि युवा-युवतीद्वारा हातपातः ३ प्रहरी घाइते
प्रकाशित मिति
२०७६ जेष्ठ २३ गते, बिहीबार ०२:५०
उदयपुर । डिउटीमा खटिएका प्रहरीमाथि युवा-युवतीद्वारा हातपात हुदा ३ प्रहरी घाइते भएका छन् ।
कटारी नगरपालिका-६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरी प्रहरीहरुलाई घाइते बनाएको बताइएको छ ।

उक्त अभियोगमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय प्रदिप तामाङसमेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा हो-हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ । साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




प्रतिकृया